एलजीद्वारा ४ लाखसम्मको बीमा अफर सार्वजनिक - LG Nepal

To properly experience our LGNepal.com website, you will need to use an alternate browser or upgrade to a newer version of internet Explorer (IE9 or greater).

The LGNepal.com website utilizes responsive design to provide convenient experience that conforms to your devices screen size. In order to get the best possible experience our LGNepal.COM website please follow below instructions.

If you’re using Internet Explorer 8 or earlier, you will need to use an alternate browser such as Firefox or Chrome or upgrade to a newer version of internet Explorer (IE9 or greater).

If you’re using Internet Explorer 9 and higher, turn off your Internet Explorer browser’s “Compatibility View settings” by following steps below:

  • Right click at the top of your browser and make sure the “Menu Bar” option is selected
  • Select “Tools” from the menu bar and then select “Compatibility View settings”
  • In the pop-up menu uncheck all three boxes and click “Close”
  • Your browser window will automatically refresh and you’ll be ready to go
Skip to Contents

एलजीद्वारा ४ लाखसम्मको बीमा अफर सार्वजनिक

काठमाडौं । नेपालको प्रतिष्ठित उद्योग चौधरी ग्रुपले कोभिड १९ मा आफ्ना ग्राहकलाई राहत दिनका लागि एक वर्षे बीमा योजना सार्वजनिक गरेको छ ।  चौधरी ग्रुपले आर्थिक तथा सामाजिक कार्यमा संलग्न हुदै विभिन्न सामाजिक कामहरुको साथै नेपालमा आई पर्ने प्राकृतिक प्रकोप तथा अन्य क्षेत्रमा सामाजिक कार्य गरि आफ्नो उपस्थिति देखाउदै आईरहेको छ ।

यस कार्यक्रममा ग्राहकहरुले अनलाईन मार्फत बुकिङ तथा खरिद गर्न सक्नेछन् । कम्पनीको अनुसार कम्पनी र बीमा कम्पनी विच भएको शर्त तथा योजना अनुसार सम्पूर्ण जानकारी गराउने व्यवस्था गरेको वताएको छ । कम्पनीका अनुसार ग्राहकले कम्पनीले तोकेको मापदण्ड तथा शर्तहरु अध्ययन गरि सामान अर्डर गर्न तथा आफ्नो विवरण भरेर सजिलै ४ लाख सम्मको कोरोना भाईरस कोभिड १९ बीमा गर्न सक्नेछन् ।

हाल विश्वभर महामारीको रुपलिएको कोरोना भाईरस कोभिड १९ को प्रकोपलाई लक्षित गर्दै नेपालमा आफ्ना ग्राहकहरुको लागि बीमा गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न क्षेत्रमा गर्दै आएको सामाजिक कार्य तथा हाल आएर नेपालमा फैलिएको कोरोना भाईरस कोभिड १९ बाट आफ्ना ग्राहकको सुविधा तथा स्वास्थ स्थितिको सुरक्षा चासो राख्दै उक्त कोरोना भाईरस बीमा गर्ने व्यवस्था गरेको हो ।

उक्त बीमा प्रक्रियाको सम्पुर्ण जानकारी आफ्नो वेवसाईट मा राख्ने कम्पनीले जनाएको छ । यो योजनाको सम्पूर्ण विवरण कम्पनीको अनलाईन वेवसाईट www.cgdigital.com.np र www.lgnepal.com  मा गएर हेर्न सकिने कम्पनीले बताएको छ । उक्त कार्यबाट हाल नेपालमा पनि महामारीको रुपमा आएको कोरोना भाईरस कोभिड १९  बाट सर्वसाधारण ग्राहकको साथै नेपाल सरकारलाई समेत सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ ।

चौधरी ग्रुपले विगत ३ दशक अगाडि देखि नेपालमा इलेक्ट्रोनिक्स सामाग्रीको कारोबार गर्दै आएको छ । चौधरी ग्रुप अन्तर्गतको सि.जी. इलेक्ट्रोनिक्स प्रा.ली. नेपालमा ईलेक्ट्रोनिक्स व्यवसायमा ग्राहकहरुलाई गुणस्तिरिय सामानहरु तथा बिक्री पछि को सेवा प्रदान गर्दै आईरहेको अग्रगामी इलेक्ट्रोनिक्स कम्पनी हो । सि.जी. ईलेक्ट्रोनिक्सले राष्ट्रिय तथा अन्तराष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्डहरुलाई नेपालमा विक्री वितरण गरि ग्राहकहरुलाई सुविधा प्रधान गर्दै आएको छ । यस कम्पनीले आफ्ना ग्राहकहरुको लागि सामानमा गुणस्तर तथा विक्री पछिको सेवालाई प्रथामिकतामा राख्दै आईरहेको छ ।

यस योजनमा ग्राहकले विना कुनै झ्नझ्ट सहभागि हुन सक्नेछन् । यो योजना नेपाली नागरिकको लागि लक्षित गरेर सार्वजनिक गरिएको छ । यस योजनामा ग्राहकले आफुलाई आवश्यक परेको इलेक्ट्रोनिक्स सामान खरिद गर्न सक्नुको साथै आफ्नो स्वास्थ्यको लागि बीमा पनि हुने भएकोले यो योजना ग्राहकको रोजाईमा पर्ने कम्पनिले अपेक्षा गरेको छ ।

Source : https://aarthiknews.com/news/18210?fbclid=IwAR0SZZJafM3hcdypUj5IBntx23Tryxk5yib8fua8qD4lj5R52uxpeExs11s

Updated: 20/06/2020