एआईमा आधारित एलजीका टिभी र अडीयो सिस्टमलाई एक्सपर्टको अवार्ड - LG Nepal

To properly experience our LGNepal.com website, you will need to use an alternate browser or upgrade to a newer version of internet Explorer (IE9 or greater).

The LGNepal.com website utilizes responsive design to provide convenient experience that conforms to your devices screen size. In order to get the best possible experience our LGNepal.COM website please follow below instructions.

If you’re using Internet Explorer 8 or earlier, you will need to use an alternate browser such as Firefox or Chrome or upgrade to a newer version of internet Explorer (IE9 or greater).

If you’re using Internet Explorer 9 and higher, turn off your Internet Explorer browser’s “Compatibility View settings” by following steps below:

  • Right click at the top of your browser and make sure the “Menu Bar” option is selected
  • Select “Tools” from the menu bar and then select “Compatibility View settings”
  • In the pop-up menu uncheck all three boxes and click “Close”
  • Your browser window will automatically refresh and you’ll be ready to go
Skip to Contents

एआईमा आधारित एलजीका टिभी र अडीयो सिस्टमलाई एक्सपर्टको अवार्ड

एलजी इलेक्ट्रोनिक्सले एक्सपर्ट इमेज एण्ड साउण्ड एशोसियशन (ईआईएसए) को अवार्ड हात पारेको छ । ईआईएसए घरायसी विद्युुतिय सामग्रीको एडीटोरीयल संस्थाको रुपमा चिनीएको छ ।

जसमा विश्वका २९ वटा देशका ५५ वटा पब्लिककेशन हाउस संलग्न रहेका छन् । उक्त संस्थाले यो वर्ष एलजीका चार उत्पादनलाई उत्कृष्ट अवार्ड प्रदान गरेको छ । कम्पनीका अनुसार अवार्ड प्राप्त गर्ने चार उत्पादनमा एलजी ओएलईडी टीभी, एलजी नानोसेल टीभी, एलजी साउण्डबार र एलजी एक्सबुम गो रहेका छन् । यी उत्पादनहरू उत्कृष्ट कार्यक्षमता, डिजाइन, नयाँ प्रविधि र ग्राहकलाई दिएको महत्वका कारण सम्मानित भएका हुन ।

जसमा एलजी ओएलईडी टीभीले ‘वेष्ट प्रिमियम ओएलईडी टीभी २०१९–२०२०’ अवार्ड हात पारेको हो । यो सँगै एलजी ओएलईडी टीभीले लगातार आठौं पटक यो अवार्ड हात पारेको छ । टीभीले यसवर्षको सुरुवातमा कोभेटेड आईएफ डिजाईन अवार्ड समेत हात पारेको थियो । टीभीमा प्रयोग भएको सेकेण्ड जेनरेसन अल्फा ९ जेन २ इन्टेलिजेन्स प्रोसेसर रहेको छ । जसले उत्कृष्ट पिक्चर र साउण्ड क्वालीटी प्रदान गर्ने जनाइएको छ ।

त्यस्तै एलजी नानो सेल टीभी एआई थिंकक्यूले स्मार्ट होम टीभी २०१९–२०२० अवार्ड हात पारेको हो । उत्कृष्ट भिडियो र साउण्ड सिस्टमका कारण यो अवार्ड प्रदान गरिएको जनाइएको छ । यसमा सेकण्ड जेनरेसन अल्फा ७ जेन २ प्रोसेसर प्रयोग गरिएको छ ।

अर्को अवार्ड प्राप्त गर्ने उत्पादनहरुमा एलजी साउण्डबार र एलजी एक्सबुम गो रहेका छन् । यी दुबै पोर्टेवल स्पिकर हुन् । जसले साउण्डबार २०१९–२०२० र मोबाइल स्पिकर २०१९–२०२० अवार्ड हात पारेका छन् । एलजीले मेरिडियन अडियो कम्पनीसँगको सहकार्यमा बनाइएका साउण्ड सिस्टमले उत्कुष्ट साउण्डका लागि अवार्ड हात पारेका हुन् ।

अवार्ड हात पारेसँगै एलजी मोबाइल कम्युनिकेशन एण्ड होम इन्टरटेनमेन्ट कम्पनीका अध्यक्ष ब्रायन क्वानले अवार्ड पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि एलजीले ग्राहकको माग अनुसार नयाँ प्रविधि र ग्राहकमैत्री उत्पादन बजारमा ल्याउने बताए ।

Source : https://www.techpana.com/2019/4267/

Updated: 20/06/2020