LG Nepal

एलजीको ‘अपग्रेड टु हेल्दि लाइफ स्टाइल’ अफर

काठमाडौं । एल.जी. नेपालले यसपालीको पर्वलाई ‘लक्षितगरि अपग्रेड टु हेल्दि लाइफ स्टाइल’ अफर ल्याएको छ । स्वच्छ रहौं र एल.जी. सँग अझै धेरै बचत गरौं भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एल.जी.को कुनै पनि घरायसी सामानहरुको खरिदमा४०% छुटका साथै आकर्षक उपहारहरु प्रदान गरेको छ ।

घरायसी सामानहरु खरिद गरी आफ्नो घरमाविशेष परिवर्तन ल्याउन चाहने ग्राहकहरुका लागि यो समय उत्कृष्ट अवसर हो । एल.जी.ले यस अफर अन्तर्गत ४०% सम्मक्यास ब्याक साथै घरेलु उपकरणहरु खरिद गर्दा अकर्षक उपहार प्रदान गरेको छ ।

घरेलु उपकरणअन्तर्गत साइड बाई साइड रेफ्रीजेरेटर खरिद गर्दा एल.जी.को माइक्रोवेभ वोभन, डबल डोर रेफ्रिजेरेटर खरिद गर्दा मिक्चर, ८ केजी सम्मको फ्रन्टलोड वासिङ मेसिन खरिद गर्दा पिजनको गिफ्ट सेट, ९ केजी भन्दा माथि र वासर ड्रायर वासिङ मेसिन खरिद गर्दा पिजनको इन्डक्सन कुकर, टपलोड वासिङ मेसिन खरिद गर्दा पिजनको आइरन, डिस वासर खरिद गर्दा पिजनको गिफ्ट सेट, एसी खरिदमा फ्रि जडान जस्ता उपहारहरु साथै अकर्षक छुट पनि प्रदान गरेको छ ।

साथ साथै टि.भी. म्युजिक सिस्टम, भ्याकुमक्ल्निर, सिङगल डोर रेफ्रिजेरेटर र एयर प्युरिफायरको खरिदमा ४०%सम्म क्यास ब्याक पनि प्रदान गरेको छ । यो अफर भदौ २८ गते देखि सिमित अवधिका लागि नेपाल अधिराज्य भरि लागु हुनेछ । एल.जी.को आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ ।

Source : https://ratopati.com/story/146745/2020/9/13/lg-upgrade-to-healthy-life-style-offer0-